सुदूर नेपाललाई विश्वसँग जोड्दै

बृद्धबृद्धा र टुहुरा बालबालिकाहरुलाइ कम्बल वितरण

२०७५ पुष २९, ०३:०२ खबर संवाददाता

बैतडीको पंञ्चेश्वर गाउँपालिकामा बृद्धबृद्धा र टुहुरा बालबालिकाहरुलाई  कम्बल वितरण गरिएको छ। चिसो बाट बच्नको गाउँपालिकाले गाउपालिकाका सबै वडामा कम्बल वितरण गरेको हो। गाउपालिका भित्र रहेका असहाय, गरिव, पिछडिएका दलित वर्ग लगायत १५ वर्षमुनिका टुहुरा बालबालिका र ८० बर्ष भन्दा माथिका अशक्त बृद्धबृद्धारुहरुलाई न्यानो कम्बल वितरण गरिएको गाउँपालिकाका अध्यक्ष गोरख बाहादुर चन्दले बताए। चन्दका अनुसार क्रमशः वडा नं १ मा ६५ जना, वडा नं. ३ मा ६० जना, वडा नं. ५ मा ५१ जना र वडा नं  ६ मा ४९ जना गरि जम्मा २ सय २५ जना बृद्धबृद्धा र टुहुरा बालबालिकाहरुलाई कम्बल वितरण  गरिसकेको छ भने, बाकीं रहेको ३ र ४ नं. वडामा समेत वितरण गरिने अध्यक्ष चन्दले बताए। 

कमेन्ट लोड गर्नुस