पाटन विमानस्थल कालोपत्रेको कामले गति लिन सकेन
सुदूरपश्चिमको दोस्रो ठूलो पाटन विमानस्थलको निर्माणको कामले अझै सम्म गति लिन सकेको छैन्। माघ भित्रै सुचारु हुने भनिएको भएपनि निर्माणको काम भने सुस्त भईरहेको हो। निर्धारित समयमा काम पुरा गर्न नसकेपछि पटक–पटक म्याद थप गरि निमार्ण हुँदै आएको विमास्थलको कालोपत्रे पुष १५ गते बाट सुरुगरि माघ भित्रै सुचारु गर्ने प्रधिकरणको दावी थियो। पुष सकिदै लाग्दा पनि काम सुरु भएको छैन्। तर जाडो मौसम, उपकरण अभाव लगायतका कारण देखाउदै निर्माण व्यवसायी र नियमनकारी निकाय भने पन्छिरहेका छन् । संगै निमार्ण सुरु गरिएको अछामको साफेबगर विमानस्थलको काम समयमै सकिएर परिक्षण उडान समेत भईसक्दा सुदुरपश्चिमको पर्यटन र समृद्धिसंग जोडिएको पटन विमास्थलको कालोपत्रेको काम सुरु हुन नसकेको हो।
अहिले काम सुरु भएपनि माघ भित्र सुचारु गर्न सक्ने सम्भावना भने नरहेको नेपाल नगरिक उडड्यन प्रधिकरणबाट बैतडीको पाटन विमानस्थल हेरिरहनु भएका ईन्जिनियर नलविक्रक थापाले बताए। विमानस्थलमा कटिङ, फिटिङ र सब–बेसको काम सकिएको भएपनि कालोपत्रेको काम अझै सुरु भएको छैन्। ११ करोड २९ लाखको लागतमा निर्माण भईरहेको पाटन विमानस्थलमा ५ सय ९० मिटर लम्बाई र २० मिटर चौडाईको धावनमार्ग कालोपत्र गरिनेछ भने ७० मिटर लम्बाई र ३० मिटर चौडाइको एप्रोन कालोपत्र गरिनेछ। नगरिक उडड्यन प्रधिकरणले आन्तरिक उडान भर्ने भन्दै बन्द रहेका विमानस्थलहरुलाई पुन निर्माणको काम सुरु गरिएको थियो।