सुदूर नेपाललाई विश्वसँग जोड्दै

खप्तड क्षेत्रमा सुटिङ भएको ‘को होला त्यो २’ सार्वजनिक(भिडियोसहित)

फोटो :सुनिल गिरी
फोटो :सुनिल गिरी
२०७८ माघ ८, ०२:०१

धनगढीः सुदुरपश्चिमको पर्यटकीय क्षेत्र खप्तड क्षेत्रमा छायांकन भएको ‘को होला त्यो २’ म्युजिक भिडिओको सार्वजनिक भएको छ। 

गत भदौमा सुटिङ भएको चार मिनेट लामो सो म्युजिक भिडियोमा मोडेल पल शाह र कृष्टिना थापाले अभिनय गरेका छन्। सो म्युजिक भिडियो शुक्रबार सुनिल गिरीको युट्बमार्फत सार्वजनिक गरिएको हो। सो म्युजिक भिडियोले मोडल, पर्यटकीय क्षेत्र, शब्द्ध र लयका कारण अत्याधिक दर्शकको माया पाउने विश्वास गायक गिरीको छ। अहिले फिमेल भर्सन सार्वजनिक गरेको र चाँडै अर्को भर्सन पनि आउने छ गिरीले बताए ।

सो गीतमा सुमन गुरुङको स्वर रहेको छ। गीतको शब्द र संगित गायक गिरीकै रहेको छ भने म्युजिक भिडियोको छायांकन र निर्देशन अनिल के मानन्धरले गरेका हुन्। यसअघि गत असोजमा खप्तडमै सुटिङ भएको जीवन फुल्ने मेरो लहरा सार्वजनिक भएको थियो।

१० दिन लगाएर सुटिङ गरिएको को होला त्यो र जीवन फुल्ने मेरो लहरा गीतको छायांकनमा १५ लाख खर्च भएको म्युजिक भिडियोका निर्माता समेत रहेका गायक सुनिल गिरीले बताए। गायक गिरी १२ जना काठमाडौ र १० जना बझाङबाट लिएर गत भदौ २५ गते खप्तड पुगेका थिए।

राष्ट्रिय स्तरका कलाकार गएर खप्तडमा सुटिङमा गरेको सम्भवत यी दुई म्युजिक भिडियो नै रहेको दावी गरिएको छ। सुदूरपश्चिम क्षेत्रमा देउदा गीतका सुटिङ भने धेरै भएका छन्। ३१०० देखि ३५०० मिटरसम्मको उचाइमा रहेको खप्तड प्राकृतिकरुपमा निक्कै रमणीय छ। सँधै आनन्ददायी मौसम रहने खप्तड घना जंगल र धार्मिक क्षेत्रकारुपमा पनि परिचित छ। खप्तड बाजुरा, वझाङ, डोटी र अछाम गरेर चार जिल्लाको साझा क्षेत्र समेत हो।


तिमी आँउछौ कि भनि म त कुरी रहेको लाकुरी फेद मुनि

झमक्कै साँझ पर्यो, तिम्रै बाटो हेरेर न आको किन हो नि?

कति साँझ बिते हेर तिमी लाई पर्खेर

एक दिन त आँउछौ भनि यही बाटो फर्केर

चोरेको मन फेरी तिमीले दिन्छौ भनि म लिन आको छु नि

आज नि दिन ढल्यो धमिलो त्यो छितिजमा न आको किन हो नि?

डाँडापारि गोधुली मा तिमी याद आइरहन्छौ

फेरी तेही मिठो मुस्कान भन कहिले ल्याईदिन्छौ

यो माया साँचो भए न मरी बाँची रहे भेटिने आश छ नि

आउला नि माया भन्दै बसेँ म तारा गन्दै न आको किन हो नि

तिमी आँउछौ कि भनि म त कुरी रहेको लाकुरी फेद मुनि

 

झमक्कै साँझ पर्यो, तिम्रै बाटो हेरेर न आको किन हो नि?


 

कमेन्ट लोड गर्नुस