१५ नेपाली खेलाडीद्धारा आइपिएल मेगा अक्सनमा नाम दर्ता
एजेन्सी – इन्डियन प्रिमियर लिग आइपिएलको मेगा अक्सनमा नेपालका १५ खेलाडीले नाम दर्ता गराएका छन्। कुन कुन खेलाडीले नाम दर्ता गराएको खुलाइएको छैन। नेपाल क्रिकेट संघ क्यानका क्रिकेट म्यानेजर विनोद दासले अहिले नै नाम सार्वजनिक गर्न नमिल्ने बताए।
दर्ता गराएको नामबाट आइपिएलमा सर्ट लिट हुनेछ। सर्ट लिस्टमा पर्ने खेलाडी अक्सनमा जानेछन्। आइपिएल अक्सन फेब्रुअरी १२ र १३ म हुने भनिएको छ। यस सिजनदेखि आइपिएलमा १० टोलीको सहभागीता रहने छ।