सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ५० लाखको लगानीमा मिराक फाइन लेदर सञ्चालन

२०७८ माघ ८, १२:२१ खबर संवाददाता

धनगढीः धनगढीमा ५० लाखको लगानीमा मिराक फाइन लेदर सञ्चालनमा आएको छ। उपमहानगरपालिकाको उत्तरबेहडीमा (सहिद गेट नजिक) मिराक फाइन लेदर सञ्चालनमा आएको हो। 

काठमाडौंमा उत्पादन हुने लेदरका सम्पूर्ण सामान अब धनगढीमै उपलब्ध हुने मिराक फाइनका संञ्चालक अस्मीत स्वाँरले बताए। धनगढीसहित सुदूरपश्चिमको मागलाई सम्बोधन हुने गरी लेदरका झोला, ज्याकेट, पर्स लगायतका सामान बिक्रि सुरु भएको उनले बताए। धनगढीमा सञ्चालनमा आएको मिराक फाइन लेदरको उद्घाटन शनिबार कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले गरेका हुन्। 
 

कमेन्ट लोड गर्नुस