सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको कस्मेटिक पसलमा चोरी गर्ने पक्राउ, लिपस्टिक समेत छाडेनन्

२०७८ माघ ७, ०५:२५ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरको एक कस्मेटिक पसलमा चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। यहि माघ ४ गते राति कञ्चनपुर भीमदत्त नगरपालिका–१८ गल्ली नम्बरमा रहेको रेखा कस्मेटिक एण्ड गिप्ट सेण्टरमा चोरी गरेको आरोपमा भारतीय नागरिक पक्राउ परेका हुन्। 

भारतको पिलभित नयाँबस्ती घर भइ भीमदत्त–१८ मै बस्ने २६ वर्षीय जाबेद सिद्दकीलाई चोरी भएका सामानसहित पक्राउ गरिएको कञ्चनपुर प्रहरीका प्रवक्ताप्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए। उनको साथबाट चोरी भएका लेडिज कुर्ती, जीन्स पाइन्ट, चुन्नी, लेडिज कुर्ता सुरुवाल, मेहन्दी, लिपिस्टिक, कम्प्युटरको मोनिटर,  सीसीटिभी क्यामरा लगायतका सामान बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले उनीमाथि थप अनुसन्धान गरिरहेको छ। 


 

कमेन्ट लोड गर्नुस