खप्तड त्रिवेणी कृषि सहकारी अध्यक्षमा जोशी
खप्तड त्रिवेणी कृषि सहकारी संस्था लिमिटेड घोडाघोडी १० पहलमानपुरको चौथो बार्षिक साधारणसभाबाट ज्योती प्रकाश जोशी पुनः अध्यक्षमा चयन भएका छन्। उपाध्यक्षमा हरिशचन्द्र शाह, सचिबमा लक्ष्मण शाही ,कोषाध्यक्षमा नवराज बुढा, सह सचिबमा भानादेवी रावल चयन भएका छन् भने सदस्यमा धर्मानन्द जोशी, गोरख बहादुर सिंह चयन भएका छन्। साधारणसभा सहकारीका अध्यक्ष ज्योती प्रकाश जोशीको सभापतित्वमा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्ल प्रमुख अतिथी रहेका थिए भने बिशिष्ट अतिथि वडा नम्वर १० का वडा अध्यक्ष भिमबहादुर बम रहेका थिए। कार्यक्रममा सचिब लक्ष्मण बिक्रम शाहीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रममा रामबहादुर रावत, पुष्कल बम, निरक बम गायकद्वय सुरत रावत डोटेली कान्छा, गोबिन्द साउँद लगायतले मन्तव्य ब्यक्त राखेका थिए। साधारण सभामा १ करोड ६९ लाख ५ हजार १५ रुपैयाँको आयब्यय प्रस्तुत गरिएको थियो।