सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा दुर्घटनामा परेका किशोरको मृत्यु

२०७८ माघ ६, १२:३७ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा दुर्घटनामा परेका एक किशोरको मृत्यु भएको छ। यही माघ ४ गते मोटरसाइकलमा सवार भएको बेला ट्याक्टरले ठक्कर दिँदा १७ वर्षीय दमन बोहराका घाइते भएका थिए। 

घाइतेपछि उपचार गराइरहेको उनको आज बिहीबार धनगढीको मायामेट्रो अस्पतालमा मृत्यु भएको आफन्तले जनाएका छन्। कक्षा ११ मा अध्ययनरत उनी बैतडीबाट पढाईका लागि कञ्चनपुर आएका थिए। बैतडीको पुर्चौंडी नगरपालिका–८ मल्लादेही घर भएका उनी  कृष्णपुरमा रहेको आफ्नी फुपुको घरमा बस्दै आएका थिए। 


 

कमेन्ट लोड गर्नुस