७ दिन आइसोलेसनमा बसेपछि पुनः पिसीआर गर्नु नपर्ने
काठमाडौं: सरकारले कोरोना संक्रमण भएको व्यक्ति ७ दिन आइसोलेसनमा बसेपछि पुनः परीक्षण गर्नु नपर्ने बताएको छ। ७ दिनसम्म आइसोलेसनमा बसेको व्यक्तिमा कुनै लक्षण नदेखिएको खण्डमा पुनः पिसीआर परीक्षण गर्न आवश्यक नभएको बताइएको हो।
७ दिनपछि संक्रमण सर्ने जोखिम न्यून हुने भएकाले पुनः परीक्षण गरिराख्नु नपर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण प्रसाद पौडेलले बताए। लक्षणविहीन अवस्था भएमा मात्र पुनः परीक्षण गर्नुपर्ने उनले बताए। साथैउ नले संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरूले ५ दिन अनिवार्य क्वारेन्टिनमा बसेर मात्र पिसीआर परीक्षण गराउन अनुरोध गरेका छन्।