सुदूर नेपाललाई विश्वसँग जोड्दै

दक्षिण अफ्रिकाले पहिलो एकदिवसीय क्रिकेटमा भारतलाई ३१ रनले हरायो

फाइल फोटो
फाइल फोटो । फोटो स्रोत ।
२०७८ माघ ६, ०८:०५ खबर संवाददाता

काठमाण्डौँः दक्षिण अफ्रिकाले पहिलो एक दिवसीय क्रिकेटमा भारतलाई हराएको छ । घरेलु मैदानमा गएराति भएको खेलमा दक्षिण अफ्रिकाले भारतलाई ३१ रनले हराएको हो।

दक्षिण अफ्रिकाले दिएको २ सय ९७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भारतले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६५ रन मात्र बनाउन सक्यो। भारतका लागि शिखर धवन, विराट कोहली र शार्दुल ठाकुरले अर्धशतकीय पारी खेले।

धवनले ७९, कोहलीले ५१ र शार्दुल ठाकुरले ५० रन बनाए।
यस्तै,  श्रेयस आयरले १७ , रिसब पन्तले १६, जस्प्रित बुम्राहले १४ र कप्तान केएल राहुलले १२ रन जोडे। दक्षिण अफ्रिकाका लुङ्गी एनजिडी, ताब्रेज शाम्सी र एडिलेले दुई–दुई विकेट लिए भने एडेन मार्क्रम र केशव महाराजले एक–एक विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ४ विकेट गुमाएर २ सय ९६ रन बनाएको थियो। दक्षिण अफ्रिकाका लागि रस्सी भान डेर डुसेनले १ सय २९ रन र कप्तान टेम्बा बाभुमाले १ सय १० रनको शतकीय पारी खेले। यस्तै, क्विन्टन डी कक २७ रन जोडे । भारतका जस्प्रित बुम्राहले दुई तथा रविचन्द्र आश्विनले एक विकेट लिए।

जितसँगै तीन खेलको श्रृङ्खलामा दक्षिण अफ्रिकाले १–० को अग्रता बनाएको छ । दोस्रो खेल भोलि हुनेछ।
 

कमेन्ट लोड गर्नुस