सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका पत्रकार विष्ट सम्मानित

२०७८ माघ ५, ०४:४२ खबर संवाददाता

बैतडीः बैतडीमा जिल्ला क्रिकेट संघले पत्रकारलाइ सम्मान गरेको छ। संघले खेल क्षेत्रको विकासमा पत्रकारितामार्फत योगदान पुगाएको भन्दै पत्रकार विनोदसिंह विष्टलाइ सम्मान गरेको हो। 

बुधवार संघले सातौ जिल्ला अधिवेशनको अवसरमा नगदसहित सम्मान गरेको जनाएको छ। विष्ट राससका बैतडी समाचारदाताका रुपमा कार्यरत रहेका छन्। सम्मानित भएका विष्टले उक्त सम्मानले अगामी दिनमा पनि क्रिकेट र खेलकुदको विकासमा कलम चलाउन थप हौसला पुगेको बताए।  बैतडीको दोगडाकेदार गाउँपालिका ३ श्रीकोट घर घएका पत्रकार विष्ट १२ वर्षदेखि क्रियाशिल रुपमा पत्रकारितामा छन्।

कमेन्ट लोड गर्नुस