एएफसी कपमा मच्छिन्द्रले श्रीलङ्काको ब्लु स्टारसँग खेल्ने
काठमाण्डौँः एएफसी कप छनोट–२०२२ प्ले अफको पहिलो खेलमा मच्छिन्द्र फुटबल क्लबले श्रीलङ्काको ब्लु स्टारसँग खेल्ने भएको छ। एसियाली फुटबल महासङ्घ (एएफसी) को तालिका अनुसार मच्छिन्द्रले ब्लु स्टार प्रतिद्वन्द्वी पाएको हो।
दक्षिण एसिया क्षेत्रमा रहेको मच्छिन्द्र र ब्लु स्टारबीचको खेल आउँदो अप्रिल ५ मा दशरथ रङ्गशालामा हुनेछ। यो खेलमा विजेताले दोस्रो चरणमा भारतको मोहन बगानसँग खेल्नेछ । दोस्रो चरणको खेल अप्रिल १२ मा हुनेछ।
मच्छिन्द्र क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको सातौँ चरणसम्म शीर्ष स्थानमा रहँदै एएफसी कपमा छनोट भएको हो।