नेपाल क्रिकेट प्रशिक्षक संघको केन्द्रीय सदस्यमा कैलालीका ज्ञानेन्द्र
कैलाली: कैलालीका ज्ञानेन्द्र क्षेत्री नेपाल क्रिकेट प्रशिक्षक संघको केन्द्रीय सदस्यमा चयन भएका छन्। काठमाडौँमा सम्पन्न नेपाल क्रिकेट प्रशिक्षक संघको पहिलो साधारण सभाबाट जिल्ला क्रिकेट संघ कैलालीका प्रशिक्षक क्षेत्रीलाई केन्द्रीय सदस्यमा चयन गरिएको हो।
सङ्घको अध्यक्ष जगत टमाटा, उपाध्यक्षमा सामसङ जङ्ग थापा, सचिवमा वसन्त शाही र कोशाध्यक्षमा महेश रिजाल चयन भएका छन्। त्यस्तै सदस्यहरूमा प्रकाश शर्मा, रिजन प्रजु, सुनिल शाह, निराराज उपाध्याय, जानकी भट्ट, ज्ञानेन्द्र क्षेत्री, शेर लामा चयन भएका छन्।