सुदूरपश्चिमका बोहराको “ए कट्टी” गीत सार्वजनिक (भिडिओसहित)
२०७८ पुष २९, ११:२४
धनगढी : सुदूरपश्चिमका चर्चित लोकपप देउडा गायक चेतन बोहराको “ए कट्टी” बोलको गीत सार्वजनिक भएको छ। गायक बोहराको आवाज रहेको गीत हर्कविवश खनालको शब्दमा तयार पारिएको छ।
चेतन बोहरा युट्युब च्यालनबाट सार्वजनिक गरिएको गीतको म्युजिक भिडिओमा गायक बोहरा आफैले अभिनय गरेका छन् भने उनलाई पशुपतिले साथ दिएकी छन्। मिन रावलले सम्पादन गरेको म्युजिक भिडियोको छायाँकन मुकेश हुमागाईले गरेका हुन्। गायक बोहराले यसअघि काफल गेडी बोलको गित बजारमा ल्याएका थिए।
कमेन्ट लोड गर्नुस