सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको सुर्नया गाउँपालिकामा पनि एम्बुलेन्स

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर
२०७८ पुष २९, ०८:५४ खबर संवाददाता

धनगढी : बैतडीको सुर्नया गाउँपालिकाका लागि एम्बुलेन्स खरीद गरिएको छ। उक्त एम्बुलेन्स जिल्ला ल्याइसकिएको र बिहीबार (आज) गाउँपालिकालाई हस्तान्तरण गर्ने तयारी रहेको बताइएको छ।

प्रदेश पूर्वाधार विकास कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा एम्बुलेन्स खरीदका लागि विनियोजन गरिएको १२ लाख बजेटबाट स्वास्थ्य कार्यालयले एम्बुलेन्स खरीद गरेको जनाइएको छ। कोरोना भाइरसका कारण एम्बुलेन्स खरीद प्रक्रियामा ढिलाई भएको स्वास्थ्य कार्यालयका प्रुमख योगेशप्रसाद भट्टले बताए।

योसँगै जिल्लाका आठ स्थानीय तहसँग अब आफ्नै एम्बुलेन्स छन् भने सिगास गाउँपालिका र पुर्चौंडी नगरपालिकासँग एम्बुलेन्स नभएको स्वास्थ्य प्रमुख भट्टले बताए। 
 

कमेन्ट लोड गर्नुस