गड्डाचौकीदेखि काँकरभित्तासम्मको छोटो बाटोको प्रचार गर्न सकेमा पर्यटन प्रवर्द्धन हुने
भारत– नेपाल–भुटान कार र्याली
पश्चिमी सीमा नाका भएर तेस्रो मुलुकबाट नेपाल आउने पर्यटकहरुको संख्या ओरालो लागिरहेका बेला भारतीय पर्यटकहरुको संख्या भने बढी रहेको छ। नेपाल सरकारले सन २०२० लाई नेपाल पर्यटन भ्रमण वर्ष मनाउने तयारी गरिरहेका बेला भारतको महाराष्ट्रबाट आएको कार र्याली कञ्चनपुरको गड्डाचौकी नाका भएर नेपाल प्रवेश गरेको छ। सात वटा कारमा २२ जनाको सहभागिता रहेको र्यालीको नेपालका रोटरी क्लवका पदाधिकारीहरुले गड्डाचौकीमा स्वागत गरे। संघीय सरकारले सन् २०२० लाई नेपाल पर्यटन भ्रमण वर्ष मनाउने तयारी गरिरहँदा भारतीय पर्यटकहरुको नेपाल आवागमन बढिरहेको हो। पश्चिमी सीमा नाकाबाट नेपाल छिर्ने तेस्रो मुलुकका पर्यटकहरु घटिरहेको देखाए पनि भारतका विभिन्न शहरबाट नेपाल आउने पर्यटकहरुको संख्या भने बढिरहेको भारतको महाराष्ट्रबाट आएका सुबोध जोशीले बताए।
सरकारले सन २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएपनि कञ्चनपुरको गड्डाचौकी नाका भएर आउने तेस्रो मुलुकको पर्यटकको संख्या भने सन्तोषजनक छैन्। धनगढीको नाकाबाट चालु आर्थिक वर्षमा तेस्रो मुलुकका ७२ जना र कञ्चनपुरको गड्डाचौकी नाकाबाट नोभेम्बरसम्ममा दुई हजार सात सय ६८ जना पर्यटक नेपाल भित्रिएका छन्। नेपाल सुन्दर भएको र नेपालमा शान्ति भईसकेको सुनेपछि आफुहरु नेपाल आएको र्यालीमै सहभागी महाराष्ट्र पुणेकी रोटरियन अञ्जली मुडेले बताईन्। भारतको महाराष्ट्र प्रदेशबाट आएका २२ जना, रोटरी क्लबकै सदस्यहरु हुन। उनीहरु नेपालमा सातदिनसम्म बस्नेछन भने नेपालको काँकडभित्ता सीमाबाट भारत हुदै भुटान जानेछन। सरकारले आगामी वर्ष मनाईरहेको पर्यटन भ्रमण वर्षलाई नै सहयोग पुगाउन यो कार र्यालीको आयोजना गरिएको रोटरी क्लब २२ जोनका असिस्टेन्ट गर्भनर प्रकाश भट्टले बताए।
महाराष्ट्रबाट नेपाल प्रवेश गरेको र्यालीको कञ्चनपुरको सीमा क्षेत्रमा नेपालतिरका रोटरियनहरुले भब्य स्वागत गरेका थिए। कार र्यालीका सबै जनाले कञ्चनपुरमै रहेको शुक्लाफाँटा बन्यजन्तु आरक्षको भ्रमण गरेका छन भने धनगढीमा पनि बौद्धिक सर्कलसँग नेपालको पर्यटक प्रमोशनका लागि छलफल गरेका छन।