सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री कप क्रिकेटमा आज चार वटा खेल हुँदै

फाइल फोटो
फाइल फोटो
२०७८ पुष २७, ०८:१९ खबर संवाददाता

काठमाण्डौः  प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा आज चार वटा खेल हुँदैछन्।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दुई र मुलपानी मैदानमा दुई वटा खेल हुनेछन्। त्रिवि मैदानमा आज हुने पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब खेल्दैछन्। हिजो भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई र पुलिसले सुदूरपश्चिमलाई हराएको थियो।

यस्तै त्रिवि मैदानमा आज हुने दोस्रो खेलमा वाग्मती प्रदेश र एपीएफ क्लब खेल्दैछन्। वाग्मतीले हिजो भएको खेलमा लुम्बिनीलाई र एपीएफले प्रदेश–२ लाई हराएको थियो। काठमाण्डौको मूलपानी मैदानमा आज हुने पहिलो खेलमा प्रदेश–१ र कर्णाली तथा दोस्रो खेलमा प्रदेश–२ र गण्डकी प्रदेश खेल्दैछन्।

हिजोदेखि सुरु भएको प्रतियोगितामा १० टोली सहभागी छन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।
 

कमेन्ट लोड गर्नुस