कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीको करार अवधि थप्ने तयारी
काठमाडौंः कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि नियुक्त भएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको करार अवधि थप्ने तयारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ।
विभिन्न अस्पतालमा करारमा नियुक्त भएका चिकित्सक, नर्स र प्रयोगशालाका कर्मचारीहरुको करार अवधि थप गर्ने तयारीमा मन्त्रालय लागेको हो।
मन्त्रालय स्रोतका अनुसार चैत्र मसान्तसम्मका लागि स्वास्थ्य जनशक्तिको करार अवधि थप गर्न लागिएको हो। नयाँ कोरोना भेरियन्ट (ओमिक्रोन)को जोखिम बढ्दै गएपछि मन्त्रालय मातहातका स्वास्थ्यसंस्थामा आवश्यकता अनुसार करारमा जनशक्ति थप गर्न समेत लागेको जनाएको छ।
यसभन्दा अगाडि नियुक्त भएका स्वास्थ्यकर्मीको करार अवधि पुषसम्म थप गरिएको थियो।