लुम्बिनीलाई हराउँदै वाग्मतीको विजयी सुरुवात
काठमाण्डौः वाग्मती प्रदेशले लुम्बिनी प्रदेशमाथि ४९ रनको जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो।
आज सोमवार भएको खेलमा एक सय १५ रनको लक्ष्य पछ्याएको लुम्बिनी १५ दशमलव ४ ओभरमा ६५ रनमै समेटियो। कप्तान कृष्ण कार्कीले १६ र बसिर अहमदले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। वाग्मतीका लागि नन्दन यादवले तीन विकेट लिए। यस्तै रामनरेश गिरी, तिलक भण्डारी र सुवास खत्रीले समान दुई÷दुई विकेट लिए।
यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वाग्मतीले २० ओभरमा सात विकेट गुमाएर एक सय १४ रन बनाएको थियो। वाग्मतीका लागि सुवास खुकुरेलले ५१ रन जोड्दा कप्तान ज्ञानेन्द्र मल्ल १९ रनमा आउट भए। लुम्बिनीका लागि दुर्गेश गुप्ता र अनिल खरेलले दुई-दुई विकेट हात पारे।
प्रतियोगितामा भोलि मङ्गलवार पनि चार खेल हुनेछन्। मुलपानी र कीर्तिपुर मैदानमा गरी दुई÷दुई खेल हुनेछन्।