सुदूर नेपाललाई विश्वसँग जोड्दै

भूवा नाच पुस्तान्तरणमा चुनौती

२०७५ पुष २६, ०६:३९ रोशन भट्ट

सुदूरपश्चिमको मौलिक संस्कृति मध्येको एक भूवा नाच नयाँ पुस्तामा पुस्तान्तरण गर्न चुनौतीपुर्ण रहेको छ। पर्वको रुपमा नै मनाईदै आएको भूवा नाचलाई नयाँ पुस्तामा पुस्तान्तरण गर्न चुनौतीपुर्ण रहेको हो। तर परम्परालाई जोगाई राख्न धनगढीमा वसोवास गर्ने बाजुरेली समाजले धनगढीमा भूवा नाच कार्यक्रम आयोजना गरेको छ। २०६१ साल देखी धनगढीमा भूवा नाच गरिदै आएको भएपनि विचमा ३ वर्ष जति निरन्तरता दिन नसकेको बाजुरेली समाजले यस वर्ष देिख निरन्तरता दिने भन्दै भूवा नाचको कार्यक्रम आयोजना गरेको हो। कैलाली जिल्ला भरी छरिएर रहेका सबै बाजुरेली एकै ठाउँमा जम्मा भई यो नाच गर्ने गरेका छन। विरलै मात्रामा सुनिने भूवा नाच सुदूरपश्चिमका अन्य पहाडी जिल्लाहरुमा समेत मनाईने गरिन्छ। 
तर पछिल्लो समयका पुस्ताले पुराना संस्कृतिलाई जोगाउन गतिलो कदम चाल्न नसकेकाले यो नाचको महत्व हराउदै जाने होकी भन्ने चिन्ता पुराना पुस्तालाई लाग्न थालेको छ। सुदूरपश्चिमको मौलिक परम्पराको रुपमा रहेको रहेको भूवा नाचलाई प्रवद्र्धन गर्नको लागि सो कार्याक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। सुदूरपश्चिमका सबै जिल्लाहरुमा खेलिने भएपनि बाजुराको भने प्रत्येक गाउँमा यो नाच खेल्ने गरिन्छ।
 त्यसैले यो एक संस्कृति समेत भएकाले यसलाई बचाई राख्नुपर्ने दायित्व युवा पुस्ताको पनि रहेको बाजुरेली सेवा समाज धनगढीका निवर्तमान अध्यक्ष कुल बहादुर हमालले बताए। द्धापर युगमा पाण्डव र कौरवको झगडा हुदा खेरी लडाई लड्न र आफ्नो सुरक्षा आफैले गर्नको लागि हातमा ढाल र तरवार समाति लडाई जित्नको लागि खेदिएको खेललाई भूवा नाच भनिने गरिएको किम्बदन्ती रहेको छ। यस्का साथै सो लडाईमा पाण्डवले विजयी गरिसकेपछि पनि विजय जुलुसमा समेत यो खेल खेलिएको धार्मिक सान्यता समेत रहेको छ। 
मंसिर औसिदेखी यो नाचलाई पर्वका रुपमा नै मनाईने गरेको भूवा सम्बन्धिका   जानकार भिम बहादुर शाहले बताए। औसी देखी पुर्णिमासम्म खेलिने यो नाचको सुरुवात मुडा पुलेर र नाचमा प्रयोग गरिने हतियार ढाल, तरवारको पुजा गरी साथै खेल्ने मान्छेलाई टिकालाई हौसला समते दिने गरिन्छ। भूवसंग भारी खेल खेल्ने, हरीना खेल खेल्ने र समापनको दिन मुडा बालेको ठाउँमा वलि दिने र सहभागी सबैले वलिलाई प्रसादको रुपमा ग्रहण गर्ने चलन समेत रहेको छ थियो। औसीको दिन अध्यारो हुने गरेकाले राती दियो बाल्नको लागि एक जना रजबार समेत सो खेलमा चाहिने भूवा सम्बन्धिका जानकार दलबहादुर रावलले बताए। अधिकांस विदेशी संस्कृती भित्रिएका वेला भूवा नाचलाई जोगाउनको लागि भने नयाँ पुस्ताले समेत चासो दिएको भान हुन लागेको छ।
 विभिन्न काम लागेकाहरु पनि भूवा नाचलाई जोगाउको लागि सक्रियताका साथ लागिरहेका छन। आग्रजहरुले मनाउदै आएको भूवा नाचलाई निरन्तरता दिने युवा   चेतन थापाले बताए। सुदूरपश्चिममा रहेका विभिन्न मौलिक संस्कृतिहरुलाई जोगाउन सबैले आ–आफ्नो ठाउ बाट लाग्नु पर्ने वेला आएको छ। ताकी पछि आउने पु्स्ताहरुले समेत आफ्नो संस्कृतीको बारेमा जान्न सकुन्। 

 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस