नेपालमा आइतबार १ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि
धनगढी: नेपालमा आइतबार १ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा आज १२ हजार ६३२ स्वाब परीक्षण गर्दा एक हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ हजार ८४८ जनाको पीसीआर परीक्षण गर्दा ८४१ जनामा कोरोना देखिएको छ। भने, तीन हजार ७८४ जनाको एन्टिजन परीक्षण गर्दा ३२६ जनाका संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज कोरोनाबाट दुई जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा देशभर २२४ जना निको भएका छन्।