एमाले बैतडीको अध्यक्षमा पाल सर्वसम्मत
बैतडीः नेकपा एमाले बैतडीको अध्यक्षमा सुरेन्द्र पाल सर्वसम्मत चयन भएका छन्। आठौं जिल्ला अधिवेशनबाट वर्तमान अध्यक्षसमेत रहेका पाल सर्वसम्मत अध्यक्षमा चयन भएका हुन्।
अध्यक्षमा दाबी गरिरहेका गोरखबहादुर चन्दले सहमति गरेपछि पाललाई अध्यक्ष घोषणा गरिएको एमाले बैतडीका एक नेताले बताए। पालको नेतृत्वमा ९० सदस्यीय जिल्ला कमिटी गठन गरिएको उनले बताए।
यस्तै उपाध्यक्षमा रमिल बम, सचिवमा चक्र कार्की, उपसचिवमा सरस्वती नेपाली र लोकेन्द्र भण्डारी चयन भएका छन्।