सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर जिल्ला लिग फुटबल : दोस्रो दिनको खेलमा कञ्चन र आदर्श विजयी

२०७८ पुष २४, ०९:११ खबर संवाददाता

कञ्चनपुर : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को वार्षिक कार्यक्रमअनुसार कञ्चनपुर जिल्ला लिग फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा कञ्चन समाज र आदर्श नेपालले विजयी सुरुवात गरेको छ। 

शुक्रबार कञ्चन समाज र रोयल गोर्खाज युथ सर्कलबीच भएको पहिलो खेलमा कञ्चनले रोयललाई ५-१ गोलको अन्तरले हराउँदै आफ्नो पहिलो विजयी सुरुवात गरेको हो। उक्त खेलको म्यान अफ दि म्याच कञ्चन समाजका जर्सी नम्बर १० का योगेन्द्र शाहु भए।

निङ्गलाशैनी समाज र त्रीपुरा समाजबीच भएको दोस्रो खेलमा ३-३ गोलको बराबरी खेल्दै समान अंक बाडेका छन्। सो खेलको म्यान अफ् दि म्याच निङ्गलाशैनीका जर्सी नम्बर ७ का प्रवेश तामाङ भए। दोस्रो दिनको अन्तिम खेल महेन्द्रनगर युनाइटेड र आदर्श नेपालबीच भएको थियो। जसमा आदर्श नेपाले ३-० गोल अन्तरले महेन्द्रनगर युनाइटेडलाई हराउँदै पहिलो जित निकालेको छ।

तेस्रो खेलको म्यान अफ दि म्याच आदर्श नेपालका जर्सी ७ किसन चौधरी भए। तिनै खेलका म्यान अफ दि म्याच घोषित भएका खेलाडीले ११ सय नगद पुरस्कार हात पारेका छन्। शनिबार (आज) दुई खेल हुनेछन्। पहिलो खेल सेक्युर्ड नेपाल र राम युवा क्लबबीच दिउँसो १२ बजे, दोस्रो खेल अरनिको युवा क्लब र यूथ क्लब अफ महाकालीबीच दिउँसो ३ बजे हुनेछ।

प्रतियोगितामा जिल्ला फुटबल सङ्घमा आबद्ध क्लबमध्ये १२ क्लबले सहभागिता जनाएको र जनसेवा समिति र ग्यालेक्सी क्लब दैजी दुई क्लबले भने सहभागिता नजनाएको  बताइएको छ। महेन्द्रनगरको खुलामञ्चमा पुष २२ गतेदेखि सुरु भएको प्रतियोगिता आउँदो माघ ५ गतेसम्म सञ्चालन हुनेछ।

कमेन्ट लोड गर्नुस