कञ्चनपुरमा लागुऔषधसहित ३ जना पक्राउ
कञ्चनपुर: कञ्चनपुरमा लागुऔषधसहित ३ जना पक्राउ परेका छन्। संघीय लागुऔषध प्रहरी इकाई कार्यालय नियन्त्रण सेल महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले एकजनालाई पक्राउ गरेको हो। भीमदत्त नगरपालिका वडा नम्बर १८ कटानबाट पैदल हिन्दै गरेको बेदकोट नगरपालिका वडा नम्बर ६ बस्ने १९ वर्षीय दिवश अवस्थीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
उनको साथबाट कालो झोलामा लुकाई छिपाई गरी राखेको ३.२९ ग्राम खैरो हिरोइन फेला परेको प्रहरीले बताएको छ। उनीलाई कानून बमोजिम थप अनुसन्धान भइरहेको बताइएको छ। यस्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत खटिएको प्रहरी टोलीले थप २ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ।
पुनर्बास नगरपालिका ८ बस्ने २६ वर्षीय राजबहादुर सुनार र सोही ठाउँ बस्ने २१ वर्षीय सुनिल ओझालाई पक्राउ गरेको हो। उनीहरुको साथबाट १ ग्राम खैरो हिरोईन फेला परेको गणले जनाएको छ। उनीहरुलाई कानून बमोजिम कारबाहिका लागि इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा भुझाइएको प्रहरीले बताएको छ।