सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश–१ मा ४६ मा कोरोना सङ्क्रमण

२०७८ पुष २३, ०७:४४ रासस

विराटनगर: प्रदेश–१मा पछिल्लो २४ घण्टामा ४६ जनामा कोरोना सङ्क्रमण भएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार ३७८ जनाको पीसीआर परीक्षण गर्दा ३४ र १४१ को एन्टिजेन परीक्षण गर्दा १२ जनामा सङ्क्रमण देखिएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २३, सुनसरीमा छ, झापामा दुई र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको हो।

मोरङको विराटनगरमा १८, कानेपोखरी र बेलबारीमा दुई÷दुर्ई र उर्लाबारीमा एक, सुनसरीको इटहरीमा तीन, धरान, बराहक्षेत्र र स्थानीय तह नखुलेका एक÷एक, झापाको शिवसताक्षी र विर्तामोडमा एक÷एक  र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको हो।

प्रदेश–१ मा आज नौ महिलासहित १६ कोरोना सङ्क्रमणमुक्त भएका छन् भने सक्रिय सङ्क्रमितको सङख्या १६८ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस