सुदूर नेपाललाई विश्वसँग जोड्दै

महेन्द्रनगरमा नेपाल बैंकको डिजिटल बैंकिङ्ग साक्षरता अभियान

२०७८ पुष २३, ०२:०३ खबर संवाददाता

धनगढीः नेपाल बैंक लिमिटेडले बुधबार सुदूरपश्चिम प्रदेश अन्तरगत कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका, एमिटि कलेज, महेन्द्रनगर र सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस महेन्द्रनगरमा डिजिटल बैंकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। 

विद्यार्थीहरु लगायत समाजका सबै वर्गलाई डिजिटल बैकिङसम्बन्धि जानकारी गराई डिजिटल बैकिङ प्रविधिहरुमा अभ्यस्त गराउने साथै वित्तीय पहुँच अभिवृद्धि गराउने उद्देश्यले सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका र पोखरा विश्वविद्यालयको बिबिए अध्यापन गराउँदै आएको एमिटी कलेज र सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस महेन्द्रनगरमा नेपाल बैंक सुदूरपश्चिम प्रदेशको पहलमा उक्त कार्यक्रमहरु आयोजना गरिएको थियो। नेपाल बैंकका महेन्द्रनगर शाखाका प्रबन्धक महेशराज जोशीले डिजिटल बैकिङ वित्तीय साक्षरतासम्बन्धी प्रस्तुतिकरण दिएका थिए। कार्यक्रमको उद्घघाटन गर्दै नगर प्रमुख सुरेन्द्र विष्टले नगद रहित अर्थतन्त्रको अवधारणा विकास हुँदै गएकोले आम नागरिकले वित्तीय रुपमा पनि साक्षर हुनुपर्ने बताए।

कार्यक्रममा १२५ जना स्थानीयको सहभागिता रहेको थियो। त्यसैगरी एमिटी कलेज महेन्द्रनगरमा संञ्चालित कार्यक्रममा प्रधानाध्यापक रबिन्द्र अवस्थी, कलेजका बोर्ड सदस्य डा नरेद्रबहादुर चन्द र बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख जनकप्रसाद सुवेदीको उपस्थिति रहेको कार्यक्रममा ८० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो।  सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस महेन्द्रनगरमा सञ्चालित कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा डा पदमराज जोशी र सुदूरपश्चिम विश्वविद्यालय ब्यवस्थापन विभागका विभागीय प्रमुख शंकरदत्त भट्टको उपस्थिति रहेको थियो। डिन जोशीले कार्यक्रमबाट बिबिए अध्यनरत बिद्यार्थीहरुमा वित्तीय सचेतना गराएको भन्दै धन्यवाद व्यक्त गरेका छन्। कार्यक्रममा ९२ जना विद्यार्थीको सहभागिता रहेको थियो।
 

कमेन्ट लोड गर्नुस