कोरोनाभन्दा खतरनाक भाइरस ’फ्लोरोना’ भेटियो
एजेन्सी: कोरोनापछि इजरायलमा फ्लोरोनाको पहिलो केस पत्ता लागेको छ। फ्लोरोनामा कोरोना भाइरस र इन्फुलुएन्जाको दोब्बर ’इन्फेक्सन’ रहेको अन्तर्राष्ट्रिय एजेन्सीले जनाएका छन्। फ्लोरोना झन् खतरनाक रहेको दाबी अरब न्युजले गरेको छ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार बिहीबार इजरायलमा ५ हजार बढी संक्रमित देखिएका थिए। त्यहाँ हालसम्म १३ लाख ८० हजार बढी कोरोनाबाट संक्रमित भइसकेका छन् भने ८ हजार बढीको संक्रमणबाट मृत्यु भएको छ।