सानीमा लाईफ ईन्स्योरेनसद्धारा धनगढीमा शाखा विस्तार
२०७४ चैत्र २८, ०६:०६
सानीमा लाईफ ईन्स्योरेनसले धनगढीमा आफ्नो शाखा बुधवारदेखि विस्तार गरेको छ । बुधवार आयोजीत एक कार्यक्रमकाबिच सानीमा लाईफ ईन्स्योरेनसले धनगढीमा आफ्नो १०औ शाखाका रुपमा कारोवार सुरु गरेको हो। शाखाको धनगढी उप–महानगरपालीकाका मेयर नृप ओड, सानीमा लाई ईन्स्योरेनसका सञ्चालक घनश्याम थापा र सानीमा लाईफ ईन्स्योरेनसका सदभावना दुत जितु नेपालले सयुक्त रुपमा रिवन काटेर उद्धघाटन गरे।
कमेन्ट लोड गर्नुस