कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ
कञ्चनपुर: कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सस्शत्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत बोर्डर आउट पोष्ट डोकेबजारबाट खटिएको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको हो।
पुनर्वास नगरपालिका ११ डोकेबजार स्थित सिमानाकाबाट नेपाल तर्फ आउँदै गरेका धनगढी उपमहानगरपालिका जाँई बस्ने १९ वर्षीय प्रेम ऐर पक्राउ परेको प्रहरीले बताएको छ। उनको साथबाट खैरो हिरोइन ७८ ग्राम र टोपी भित्र राखेको नाइट्रोभेट ४ ट्याबलेटसहति उनलाई पक्राउ गरेको गणले जनाएको छ। उनलाई नियन्त्रणमा लिई कानूनि कारबाहीको लागि इलाका प्रहरी कार्यालय त्रिभुबनबस्तीमा बुझाइएको जनाइएको छ।