पार्टीगत रुपमा कार्यकर्तालाई हेर्दा गम्भीर घाईतेहरुलाई उपचारमा समस्या
१८ जनाको ज्यान जाने गरी डडडेल्धुराको रडुवा खोलामा भएको बस दुर्घटनाका घाईतेको उपचारमा राजनितीकरण हुन थालेको छ । घाईतेको उपचारको जिम्मा लिएका र घोषणा गरेकाहरुले पार्टीगत रुपमा राजनितिक रंग दिदा घाईतेहरुलाई उपचारमा समस्या भएको छ । डोटीको शिखर नगरपालिका बान्डुरीसैन स्थित पिसजोन एकाडेमीको बस डोटी र डडेल्धुराको सिमाना रडुवा खोलामा दुर्घटनामा पर्दा १८ जनाको मृत्यु भएको थियो भने ३० जना घाईते भएका थिए । उनीहरुमध्ये केही घाईते उपचारपछि घर फर्किए पनि अधिकांश गम्भीर अवस्थाका घाईतेहरुलाई उपचारमा समस्या भएको छ । तर उपचारका लागि पहल गरेको र आर्थिक सहयोग घोषणा गरेका नेताहरुले अहिले आएर राजनितिक रंग दिएको आरोप घाईतेका आफन्तहरुले लगाएका छन् ।
गत मंसीर ७ गते १८ जनाको मृत्यु भएको वस दुर्घटनामा ३० जना घाईते भएका थिए । उनीहरुमध्ये अधिकांश घाईतेहरु अहिले पनि उपचारमा रहेका छन् । दुर्घटना भए लगत्तै राहत दिने र उपचारको पुरै जिम्मा लिएका नेताहरुले अहिले भने घाईतेमाथि राजनितिक गर्न लागेको आरोप लागेको छ । घटना भएको वेला स्थानीय सरकार, प्रदेश सरकार लगायतका अन्य जनप्रतिनिधिले घाईतेको उपचारको ै जिम्मा आफुले लिने दावी गरेका थिए । तर घटना घाईतेहरुको उपचारमा राजनितिकरण हुन थालेको घाईतेकी आफन्त सरु धामीले बताईन् ।
दुर्घटनामा परी घाईते भएका केही उपचारपछि घर फर्किएका छन केही घाईते उपचारकै क्रममा रहेका छन् । उनीहरुको विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ । आफन्तहरु घाईतेहरु बाँचे आशाले रिण काटेर पनि उपचार गराईरहेका छन् । तर राजनितिक दलका नेताहरु भने घाईतेको उपचारमा राजनितिकरण गर्न थालेका छन् । आफु निकट भएको उपचार गराउने र अन्य पार्टी प्रति आस्थावान भएमा सहयोग नगर्ने चरित्र नेताहरुले देखाएको घाईतेका आफन्तको आरोप छ । घाईतेका कुरुवा पदम वोहोराले सुरुमा दिन्छु भनेर हाल आएर केही नदिएको गुनासो गरे ।
दुर्घटना्पछि डोटीको शिखर नगरपालिका, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचा भट्ट, प्रतिनिधि सभा सांसद प्रेमबहादुर आलेमगर र नेपाली कागं्रेसका केन्द्रिय सदस्य वीरबहादुर वलायरले उपचार खर्चको जिम्मा लिने घोषणा गरेका थिए । शिखर नगरपालिका र वीरवहादुर वलायरले केही सहयोग गरेको भएपनि त्यो प्रर्याप्त नभएको घाईतेका आफन्तहरु बताउँछन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रतिनिधि सभा सांसद प्रेमबहादुर आलेमगरले भने कुनै आर्थिक सहयोग नगरेको बताईएको छ । डोटीको शिखर नगरपालिकाका स्थानीय समेत रहनु भएका नेपाली काग्रेंसका नेता वीरबहादुर वलायर भने आफ्नो ठेक्का नभएको भन्दै गर्न सक्ने जति सहयोग गरेको दावी गर्छन् ।
घाईतेहरुको उपचारमा राजनितिकरण भएको देखिएको छ । राजनितिक स्वार्थका कारण घाईतेहरुलाई उपचार गर्नमा कठिनाई भर्इंरहेको छ । तर उपचार गर्ने घोषणा गरेका नेताहरु अहिले विभिन्न वहाना बनाएर पन्छिरहेका छन् । प्रतिनिधि सभा सदस्य प्रेम आलेमगर आफुले गरेको पहलका विषयमा अस्पताल मन्त्रीहरुलाई सोध्न भन्छन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पनि उपचारको खर्च प्रदेश सरकारले व्यहोर्ने घोषणा गरेका थिए । त्यसपछि बीमाले रकम दिन भन्दै उनी पनि पन्छिए । हाल आएर अन्य नेताहरुले पनि घाईतेहरुलाई कार्यकर्ता भए नभएको रुपमा हेर्न थालेपछि मानवीयता हराएको त होईन भन्ने आभास घाईतेका आफन्तहरुलाई हुन थालेको छ ।