सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा अंशवण्डाका नाममा जग्गा प्लटिङ हुने क्रम वढ्दै

कैलालीमा ५ महिनामा साढे २६ सय कित्ता थपिए

२०७५ पुष २४, १०:४५ रोशन भट्ट

कैलालीमा अंशवण्डाका नाममा कित्ताकाट गरी अवैधानिक रुपमा जग्गा प्लटिङ हुने क्रम वढ्दै गएको छ। सरकारले बर्षमा एक कित्ता मात्रै काट्न पाउने भएपनि एकै जग्गाको दर्जनौ कित्ता काट गरिएको छ। सरकारले प्रतिवन्ध गरेको काम आर्थिक चलखेलमा मौलाउँदै गएको छ। चालु आर्थिक बर्षको पाँच महिनामा मात्रै २६ सय कित्ता काट गरिएको छ। १६ सय ५९ कित्ताबाट काटेर हाल आएर यो संख्या चार हजार ३ सय १० पुगेको छ। यो अवधिमा मात्रै दुई हजार ६ सय ५१ कित्ता नयाँ काटिएको छ। सरकारले एक वर्षमा एक कित्ताबाट एक कित्ता मात्र काट गर्न पाउने प्रवधान ल्याएको भएपनि कैलालीमा भने मिलोमतोमा अंशवण्डाका नाममा जग्गा प्लटिङ गर्ने क्रम वढिरहेको हो। 

नापी कार्यालय कैलालीको तथ्याङ्क अनुसार पछिल्ला अर्थिक वर्षहरुको भन्दा यो आर्थिक वर्ष अनुपात बढी देखिएकाले यो वर्ष विगतका वर्षहरुभन्दा कित्ता काटको संख्या बढी हुने देखिएको छ। प्रत्यक्ष रुपमा कित्ता काटको वातावरण सृजना हुन नसकेपछि अंशवन्डा गरी प्लटिङ गर्न जग्गा दलालहरु सक्रिय भएका छन। चालु आर्थिक वर्ष २०७५÷७६ को श्रवणदेखि मंसिरसम्मको ५ महिनाको अवधिमा जिल्ला नापी कार्यालय कैलालीमा प्लटिङको नाममा दुई हजार ६ सय ५१ वटा थप कित्ता काट गरिएका छन्। 

१६ सय ५९ कित्ताको कित्ता काट गरेर ४३ सय १० कित्ताको संख्या पुगेको छ। केहिले आफ्नो समस्याका कारण कित्ता काट गरी वैधानिक रुपमा जग्गा विक्री गरेको भएपनि धेरै जग्गा दलालहरुले नापी र मालपोत कार्यालयका कर्मचारीसँगको मिलोमतोमा अंश वन्डाको नाममा जग्गा किनबेच गरिएको हो। विगतका आर्थिक वर्षहरुको तुलनामा यस आर्थिका वर्ष बढी कित्ता काट हुने देखिएको छ । आर्थिक वर्ष २०७२÷७३ मा ३९ सय २४ कित्ता काट भएका थिए भने आर्थिक वर्ष २०७३÷७४ मा ४४ सय ५५, आर्थिक वर्ष २०७४÷७५ मा ३९ सय ९१ कित्ता काट भएको जिल्ला नापी कार्यालयका नापी अधिकृत तथा सूचना अधिकारी दिजैराज भट्टले बताए। तर आर्थिक वर्ष २०७५÷७६ को पहिलो चौमासिकमा मात्रै २६ सय ५१ वटा कित्ता काटिएका छन्। 

पहिलो चौमासिकको अनुपात मात्र हेर्ने हो भने विगतका वर्षभन्दा यो वर्ष कित्ता काटको संख्या बढी हुने देखिएको छ। कैलाली जिल्ला भरिको तथ्याङ्क अनुसार सबैभन्दा बढी कित्ता काट गर्नेको पहिलो सुचीमा भने धनगढी उप–महानगरपालिका रहेको छ भने त्यसपछि गेटा, मालाखेती, श्रीपुर, वेलादेवीपुर लगायका अन्य स्थान रहेका छन। नागरिकको सबैभन्दा बढी चाप हुने कार्यालय भनेको मध्य नापी र मालपोत कार्यालय पनि एक हुन। भ्रष्ट्रचारको सुचिमा पनि यि कार्यालयहरु नै पर्दछन। कित्ता काट मिलोमतोमा भईरहेको वदमासीलाई पनि यसकै एक उदाहरणका रुपमा लिन सकिन्छ। 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस