सुदूर नेपाललाई विश्वसँग जोड्दै

भलिबलको विजेता टोलीका खेलाडीलाई सरकारले जनही ५ लाख रुपैयाँ दिने

२०७८ पुष १५, ०६:०७ खबर संवाददाता

काठमाण्डौः सरकारले एभीसी सेन्ट्रल जोन भलिबलको उपाधि जितेको राष्ट्रिय महिला टोलीका सदस्यलाई पाँच लाख रुपैयाँका दरले पुरस्कार दिने भएको छ। 

आज बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले उपाधि विजेता टोलीका १२ जना खेलाडीलाई पाँच÷पाँच लाख रुपैयाँ, प्रशिक्षकलाई तीन लाख र अफिसियललाई दुई लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको हो। खेलाडीलाई नगद पुरस्कार दिने प्रस्ताव युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले गरेका थिए।

बङ्गलादेशको ढाकामा हिजो मङ्गलवार भएको फाइनलमा नेपाली महिला टोलीले उज्वेकिस्तानलाई तीन–दुईको सेटमा हराउँदै उपाधि जितेको थियो। उपाधि विजेता नेपाली टोली भोलि बिहीवार नेपाल फर्कनेछ। 

कमेन्ट लोड गर्नुस