सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको अमरगढी नगरपालिकाका विद्यालय ६ दिन बन्द हुने

२०७८ पुष १४, १२:०५ खबर संवाददाता

डडेल्धुराः हिमपातसँगै चिसो बढेपछि डडेल्धुराको अमरगढी नगरपालिकाले ६ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। बुधबार नगरपालिकाले एक सूचना जारी गर्दै पुस १४ गतेदेखि २० गतेसम्म बिदा दिइएको जनाएको छ।

नगरप्रमुख स्तरको निर्णय भएको र सामुदायिक र संस्थागत विद्यालय पनि बन्द गर्न अनुरोध गरिएको नगर प्रमुख विशेश्वरप्रसाद ओझाले जानकारी दिए। सदरमुकाम नजिककैका लेकमा हिमपात भएपछि अमरगढीमा चिसो बढेको छ।

कमेन्ट लोड गर्नुस