सुदूर नेपाललाई विश्वसँग जोड्दै

थला परेको उद्योग वाणिज्य संघलाई माथि उठाउँछौ : अवस्थी

२०७५ पुष २३, ०६:४३

कैलाली उद्योग वाणिज्य संघको निर्वाचनमा प्यानल सहित मैदानमा उत्रिएको डिल्लीराज अवस्थी प्यानलले सोमबार पत्रकार सम्मेलन गर्दै आफ्ना प्रतिवद्धताहरु सार्वजनिक गरेको छ। धनगढीमा घोषणा सभा गर्दै अवस्थी प्यानलले विभिन्न ८ बुँदे प्रतिवद्धता सार्वजनिक गरेको हो। सरकारी निकायबाट अनुगमनको नाममा हुने दुखकष्ट न्यूनीकरण गर्ने, व्यवासयिक सुरक्षाका लागि योगदानका आधारमा बिमा सुरक्षा योजना लागु गर्ने, चर्को बहाल कर समस्या समाधानका लाष् िघरधनी, व्यवसायी तथा सरकारी निकायसंग समन्वय गर्ने, सस्था सुद्धिकरणका लागि ईमान्दारी, बफादार र आर्थिक पारदर्शिताको स्पष्ट व्यवस्था गर्ने प्रतिवद्धता अवस्थी प्यानलले गरेको छ। 
अध्यक्षका उम्मेदवार अवस्थीले पर्यटन प्रवद्धन र सुन्दर सुदूरपश्चिम अभियानलाई निरन्तरता दिने, व्यवसायीहरुमा पर्न जाने प्राकृतिक विपत्ती व्यवस्थापनका लागि आवश्यक स्वयम सेवक टिम परिचालन गर्ने, सस्थाका कार्यक्रमहरु सार्वजनिक सुनुवाई मार्फत जानकारी दिने र कैलाली उद्योग वाणिज्य संघलाई व्यवसायिक हकहित र मेलमिलावको केन्द्र बनाउने प्रतिवद्धता सार्वजनिक गरे। अवस्थीले केहि बर्षयता थला परेको संघलाई उठानका लागि आफ्नो प्यानल चुनावी मैदानमा उत्रिएको बताए। 
 

कमेन्ट लोड गर्नुस