सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा बालबालिकालाई दिने भनिएको फाइजर खोप अभियान स्थगित

२०७८ पुष १३, ०२:०० खबर संवाददाता

धनगढी: डडेल्धुरासहित ८ जिल्लामा आजदेखि सुरु हुने भनिएको कोरोना भाइरसविरुद्धको फाइजर खोप अभियान स्थगित भएको छ। सिरिन्ज प्राप्त नभएको भन्दै खोप अभियान स्थगित गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रालयले जनाएको छ।  

मन्त्रालयले काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली, डडेल्धुरा र सुर्खेत गरी ८ जिल्लामा २ देखि १७ वर्षका बालबालिकालाई पुस १३ गतेदेखि खोप लगाउने निर्णय गरेको थियो।  कोभ्याक्स सुविधामार्फत उपलब्ध भएको ६ लाख ६४ हजार ६० डोज खोपक अन्तरगत ०.३ एमएमको सिरिन्ज र डाइलुएन्ट (घोलक) प्राप्त नभएका कारण खोप अभियान स्थगित हुन पुगेको खोप शाखा प्रमुख डा. सागर दाहालले जानकारी दिएका छन्।

घोलक भोलि बुधबार १४ गते नै प्राप्त हुने भनिएको र सिरिन्ज पनि छिट्टै प्राप्त हुने उनले बताएका छन्। सिरिन्ज प्राप्त हुने बित्तिकै खोप लगाउने कार्यक्रम सुरुरु गरिने मन्त्रालयले जानकारी दिएको छ। 

कमेन्ट लोड गर्नुस