सुदूर नेपाललाई विश्वसँग जोड्दै

मदिरामा लठ्ठ वडा सचिव

२०७५ पुष २३, ०३:२४ कमल सावद

धनगढी उप–महानगरपालिका वडा नम्वर ६ का वडा सचिव करुणाकर जोशी कार्यालय समयममै मदिरामा लठ्ठ भेटिएका छन्। वडा सचिव जोशी कार्यकक्षमै मदिरामा लठ्ठ भएको अवस्थामा भेटिएका हुन्। सोमवार मद्यान्न वडा कार्यालय पुग्दा मदिरामा वडा सचिव लठ्ठ भएपछि सेवाग्राही मारमा परेका भेटिएका थिए। वडा अध्यक्षले हाजिर रजिष्टर लुकाएकाले मदिरा खाएर कार्यालयमा आएको वडा सचिव जोशीले बताए। वडा अध्यक्ष भागिराम चौधरीले वडा सचिव जोशीको मदिरा पिउने बानी भएको र सो बारेमा प्रहरी र मेयर नृप वहादुर वडलाई पनि जानकारी दिएको तर केहि सुनवाई नभएको बताए। 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस