सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहिरोका कारण दार्चुला सदरमुकाम खलंगाको भूमि जोखिममा

२०७४ चैत्र २८, ०४:०९

दुई वर्षअघि आएको खोतिलाको सुख्खा पहिरोका कारण दार्चुला सदरमुकाम खलंगाको भूमि जोखिममा परेको छ। पहिरो नहटाउँदा नेपालपट्टी लगाइएको पक्की तटबन्ध समेत जोखिममा परेको छ। गत वर्ष लगाइएको पक्की तटबन्ध सोहि पहिरोका कारण बगाएको थियो। यस वर्ष नयाँ तटबन्ध लगाउन सुरु गरिएको छ। तर अहिलेपनि भारतले पहिरो हटाएको छैन् । मंगलबार नेपाल भारतका अधिकारीहरुले संयुक्त रुपमा पहिरो हटाउने विषयमा संयुक्त अनुगमन गरेपनि निष्कर्ष भने निकाल्न सकेनन्।

पिथौरागढ जिल्ला अधिकारी सि.रविशंकर र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशी नेतृत्वको टोलीले पहिरो व्यवस्थापनको बारेमा संयुक्त अनुगमन गरेका हुन्। पहिरो कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा पहिरो भएकै क्षेत्रमा अनुगमन गरेर छलफल गरेका सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताए। तर व्यवस्थापन प्रक्रियाबारे नेपाल भारतका विज्ञहरुको रिपोर्ट माग गर्ने सहमति भएको उनले बताए। नदी नियन्त्रण आयोजना र भारतीय सिँचाई विभागलाई बुधवार संयुक्त निरीक्षण गरेर व्यवस्थापनबारे प्रतिवेदन पेश गर्न भनिएको उनले बताए।

खोतिला डाडाबाट आएको पहिरोको ठूला ठूला ढुंगा नदी किनारमै अड्कीएका छन् । ती ठूला ढुंगाका कारण नेपालतिर बर्खायाममा झनै जोखिम रहेको महाकाली नदी नियन्त्रण आयोजना प्रमुख सुशिलचन्द्र देवकोटाले बताए। नदी किनार र पहिरोको बीच भागमा अड्कीएका ढुंगा नहटाएर नेपालतिर बढि खतरा हुने देवकोटाको भनाई छ । 
 

कमेन्ट लोड गर्नुस