सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको सिगास-१ को वडा कार्यालयमा गरिएको तालाबन्दी खुल्यो

२०७८ पुष १३, ११:१६ खबर संवाददाता

धनगढी : बैतडीको सिगास गाउँपालिका वडा नम्बर १ को कार्यालयमा गरिएको तालाबन्दी खुलेको छ। उक्त वडामा विद्युत विस्तारको क्रममा काम गरेका ८ जना मजदुरको पैसा ४ वर्षसम्म भुक्तानी हुन नसकेपछि वडा कार्यालयमा स्थानीयले सोमबार तालाबन्दी गरेका थिए।

सोमबार साँझ नै उनीहरुले पाउनुपर्ने ५५ हजार रुपैयाँ वडाले उपलब्ध गराएपछि तालाबन्दी खोलिएको हो। यस्तै, विद्युत विस्तारको क्रममा काम गर्ने बेला चोट लागेका सुरेन्द्र ऐरीको उपचार खर्च पनि केही दिनभित्रै उपलब्ध गराउने सहमति भएको बताइएको छ। 
 

कमेन्ट लोड गर्नुस