सुदूर नेपाललाई विश्वसँग जोड्दै

सोलुखोला जलविद्युत्‌मा दुर्घटना, अछामका एक इन्जिनियरको मृत्यु

२०७८ पुष १२, ११:५४ खबर संवाददाता

धनगढी : सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा पानी परीक्षणका क्रममा अछामका सुवाशराज रेग्मीको मृत्यु भएको छ।

सुरुङमार्गको काम सम्पन्न गरी विद्युत् उत्पादनको अन्तिम तयारीमा रहेको आयोजनामा पानी परीक्षण गर्ने क्रममा पाइप विस्फोट भएको थियो।

आइतबार साँझ फलामको पाइपमा पानी हाल्ने क्रममा पाइप पड्किएपछि साफेबगर नगरपालिका-२ जाल्पादेवी गोईलापानिका रेग्मी घाइते भएका थिए। उनलाई  ओखलढुंगा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

त्यस्तै अर्का काभ्रेका कन्सल्ट्यान्ट इन्जिनियर २९ वर्षीय अर्जुन थापाको समेत मृत्यु भएको बताइएको छ। घटनामा हाइड्रो मेकानिकल कम्पनीका प्रोजेक्ट म्यानेजर विराटनगर निवासी मोहम्मद राइन गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ। उनको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ।  

कमेन्ट लोड गर्नुस