स्वास्थ्य कार्यालय बैतडीका सहयोगी ठगुन्नाको हृदयघातका कारण मृत्यु
२०७८ पुष १२, ०८:३५
धनगढी : स्वास्थ्य कार्यालय बैतडीमा कार्यरत कार्यालय सहयोगी चन्द्रसिंह ठगुन्नाको मृत्यु भएको छ। ५० वर्षीय ठगुन्नाको आइतबार हृदयघातका कारण मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए।
बिहान १० बजेतिर कार्यालय आउने बेला बाटोमै ढलेका ठगुन्नालाई तत्कालै जिल्ला अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि धनगढी लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको बताइएको छ। ठगुन्नाका श्रीमती, दुई छोरा र एक छोरी छन्।
कमेन्ट लोड गर्नुस