परशुराम धामलाई नियाल्दा (भिडियो सहित)
डडेल्धुराको परशुराम नगरपालिका–५ मा रहेको परशुराम धाममा ३० गतेदेखि धार्मिक महोत्सवको तयारी भईरहेको छ। परशुराम नगरपालिकाको आयोजनामा हुने महोत्सव मार्फत परशुराम धामलाई धार्मिक पर्यटनको गन्तव्य बनाउने लक्ष्य राखिएको छ।
पृष्ठभूमि
श्यामा(महाकाली( र एला (रंगुन) नदीको संगममा रहेको यस तीर्थमा भृगुवंशी महर्षि जगदग्नि र रेणुका पुत्र परशुरामले तपस्या गरेको विभिन्न पुराणहरुमा वर्णन गरिएको छ। एला र श्याामको संगममा जगदग्नि पुत्र परशुरामको आश्रम रहेको स्कन्दपुराणमा उल्लेख छ। महाकालको जटाबाट निस्केको मन्दाकिनी गङ्गा महाकाली नदीमा स्नान गर्नाले गङगास्नानको बराबर पुण्य प्राप्त हुन्छ, त्यसै गङगाको तटमा अवस्थित परशुराम तीर्थमा स्नान, तर्पण गर्नाले पितृ उद्धार तथा देव लोक प्राप्त हुने पवित्र तीर्थ भनेर वर्णन गरिएको छ।
सङगम
मानसखण्ड संहितामा श्यामा र एलाको संगम अति नै पवित्रको संगम मानिएको छ।
कुण्ड
श्यामा एलाको संङगममा भगवान परशुरामले एउटा ढुङगामा आफ्नो बञ्चराले तीन हात लम्बाई, तीन हात चौडाई, तीन हात गहिराई रहेको कुण्ड निर्माण गरेको र सोही कुण्डमा भगवान विश्वकर्माले दश अंगुल परिमिति भएको परशुराम भगवानको प्रतिमा स्थापित गरेको पुराणमा वर्णन गरिएको छ।
विष्णु मन्दिर
महाकाली नदीको दक्षिणतर्फ जहाँ रंगुन नदीको संगम रहेको स्नानलाई विष्णुपुर भनिएको छ। सोही विष्णुपुर नै परशुराम क्षे हो। महाकाली नदीको तटमा अलौकिक संरचना रहेको छ जुन संरचना ऋषि महर्षिहरुले यज्ञ गर्दाका बेलाका जौँ, तिलको मिश्रण हो भन्ने लोक मान्यता छ। जे प्राकृतिक रुपमा चुन र ढुङगाको मिश्रणका रुपमा रहेको छ।
चक्रतीर्थ
सवै किसिमका पाप नाश गर्ने चक्रतिर्थ परशुराम क्षेत्रमा रहेको छ। सोही तीर्थमा स्नान गरेर भगवान परशुरामले महावल प्राप्त गरेको पुराणमा वर्णन छ। चक्रतीर्थ नजिक परशुराम तीर्थ अवस्थित रहेको पुराणमा उल्लेख छ।
धर्मद्वार
परशुराम तीर्थमा रहेको एउटा अभुतपूर्ण चट्टानमा एउटा द्वारा रहेृको छ। ध्र्मपरायण, सिद्ध पुरुष सहजै द्वारा प्रवेश गर्ने सक्दछन भन्ने मान्यता रहेको छ। हृापर युगमा धर्मराज युधिष्ठिर, द्रोपती र चारै भाई सहित यस द्वारमा प्रवेश गरेको लोक मान्यता छ। धर्मद्वारमा प्रवेश पुर्व मनोअभिलाषा सहित बाबियोमा गाठो पारिन्छ। मनोकामना पुरा भएपछि द्वारा प्रवेश गरेर गाँठो फुकाउने चलन छ।
बर–पीपल
सत्ययुगमा स्वयम सृष्टिकर्ता ब्रह्माजीबाट सृष्टि गरिएका वर–पिपल स्थापित छन्। सत्ययुग वर–पीपलका नामले पुजा गरिन्छ।
छत्रशिला
महाकाली नदीको पानी भित्र छाता आकारको शिला अवस्थित छ। जस्लाई स्वयम भगवान शिवजीको स्वरुप मानेर पुजा गरिन्छ।
महालिङग
१६ शिवालयका देवस्थलहरु महाकाली, सुरमागाको किनारमा अवस्थिर रहेको छ। १६ शिवालय र बरदानौका २२ देउरा ल्याउने चलन पनि छ। देउरा ल्याई देव सभा गर्ने र स्नान गर्ने गराउने गरिन्छ।
भिडियो सौजन्य : एडभेन्चर वेष्ट होलीडेज