सुदूर नेपाललाई विश्वसँग जोड्दै

महोत्सवमा राष्ट्रिय भलिबल प्रतियोगिता

२०७८ पुष ११, ०७:११ रासस

चितवन: उद्योग वाणिज्य सङ्घ रत्ननगरले आयोजना गर्न लागेको रत्ननगर महोत्सवमा राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ। राष्ट्रियस्तरका क्लबको सहभागितामा प्रतियोगिता हुन लागेको हो। प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब, नेपाल पुलिस क्लब, आयोजक टिमलगायत ८ टिमको सहभागिता रहने छ। महोत्सवको आकर्षणको रुपमा भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष एवं महोत्सव मूलसमारोह समितिका संयोजक अनिलकृष्ण श्रेष्ठले बताए। 

उनले भने, “दर्शकलाई फरक स्वाद दिनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको हो।” रत्ननगर महोत्सव यही पुस २७ देखि माघ ८ गतेसम्म टिकौली चौरमा हुँदैछ। सोही महोत्सव स्थलभित्र माघ ३ गतेदेखि चार दिन भलिबल प्रतियोगिता हुने खेलकूद व्यवस्थापन समितिका संयोजक अनुप विसुरालले बताए।

उनका अनुसार प्रतियोगिता लिगचरणमा हुनेछ। प्रतियोगिताको विजेताले नगद दुई लाख, उपविजेताले एक लाख, तृतीय हुनेले ५० हजार र चौथो हुने टोलीले  २० हजार, ट्रफी, मेडल प्राप्त गर्ने छन्। प्रतियोगितामा रु १५ लाख खर्च लाग्ने अनुमान गरिएको छ।

प्रतियोगिताले महोत्सवमा दर्शकको सङ्ख्या वृद्धि हुने आयोजकको अपेक्षा रहेको छ। रत्ननगर महोत्सव हरेक दुई वर्षमा हुने गर्दछ। 
 

कमेन्ट लोड गर्नुस