सुदूर नेपाललाई विश्वसँग जोड्दै

मनकामनाले जित्यो सुदूरपश्चिम राजधानी कप महिला तर्फको उपाधि

२०७८ पुष ११, ०३:११ खबर संवाददाता

धनगढी : कैलालीको अत्तरियामा भएको सुदूरपश्चिम राजधानी कप २०७८ को महिलातर्फको उपाधि धनगढीको मनकामना युवा क्लबले जितेको छ। कञ्चनपुरको रोयल गोखार्जलाई ३–० ले हराउँदै मनकामना च्याम्पीयन भएको हो। मनकामनालाई सानदार जित दिलाउन अन्जना राई, तुल्सा वोहोरा र नेहा खड्काले १/१ गोल गरे।

विजेता भएसँगै मनकामनाले नगद एक लाख ५० हजारसहित ट्रफी र मेडल प्राप्त गरेको छ। उपविजेता रोयल गोखार्जले नगद ७५ हजार सहित ट्रफी र मेडल पाएको छ। मनकामनाकी तुल्सा बोहोरा प्रतियोगिताकी सर्वोकृष्ट खेलाडी भइन। उनले नगद १५ हजार सहित ट्रफी पाइन्। 

यस्तै मनकामनाकी सरस्वती रोकाया उत्कृष्ट रक्षक, लीला जोशी उत्कृष्ट गोलरक्षक र अन्जना राई सर्वाधिक गोलकर्ता भइन। रोयल गोखार्जकी अन्जली चन्द उत्कृष्ट मिडफिल्डर र अत्तरिया फुटबल एकेडेमीकी सोनम शाह उदयमान खेलाडी भइन। उनीहरुले जनही १० हजार नगद सहित ट्रफी पाइन।

कमेन्ट लोड गर्नुस