सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री कपको पहिलो सेमिफाइनलः प्रदेश १ लाई सुदूरपश्चिमले दियो ८६ रनको लक्ष्य

२०७८ पुष १०, ११:२१ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलका खेल सुरु भएका छन्। पहिलो सेमिफाइनलमा प्रदेश १ र सुदूरपश्चिम प्रदेश प्रतिस्पर्धा गरिरहेका छन्। सुदुरपश्चिमले टस जितेर पहिले ब्याटिङ गरेको छ। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट क्षतिमा ८५ रन बनाएको छ। 

सुदुरपश्चिमका लागि सम्झना खड्काले सर्वाधिक २७ रन बनाइन्। कप्तान रितु कनौजियाले २५ रन बनाइन्। त्यस्तै डल्ली भट्टले १२ रन बनाइन्। प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीय अलिशा खाडिया संगीता राई र ज्योती दनवारले समान एक विकेट लिइन्। 

८६ रनको विजय लक्ष्य लिएर प्रदेश १ ले ब्याटिङ थालेको छ।

 


 

कमेन्ट लोड गर्नुस