सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा ट्राफिक प्रहरीको ‘२ मिनेट चालकसँग’ कार्यक्रम

२०७८ पुष १०, १०:३४ खबर संवाददाता

डीआर भट्ट, बैतडी:  जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले ‘२ मिनेट चालकसँग’ कार्यक्रम सञ्चालन गरेको छ। बढ्दो सवारी दुर्घटनालाई न्यूनिकरण गर्ने हेतुले यो कार्यक्रम सञ्चालन गरिएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख आकाश रावलले  सवारी दुर्घटनालाई न्यूनिकरण गर्ने उदेश्यले सवारी चालकहरुलाइ सम्झाई बुझाइ गर्ने गरिएको  बताए। चालकहरुसँग मादकपदार्थ सेवन नगरी सवारीसाधन चलाउन, तिव्र गतिमा नहाँक्नु, क्षमताभन्दा बढी मान्छे नबोक्न, बढी भाढा नलिन भनेर सम्झाई बुझाइ गर्ने गरिएको उनले बताए।  यस्तै सवारी चेकजाँचमा पनि कडाइ गरिएको बताइएको छ।

सदरमुकाम, सतबाँझ, पाटन, खोड्पे लगायतका ठाउँमा सवारी साधन चेकजाँचमा अहिले कडाइ गरिएको जिल्ला ट्राफिक प्रमुख रावलले बताए। चालकले मात्रै सावधानी अपनाएर सवारीसाधन हाँक्ने हो भने सवारी दुर्घटना कम हुने उनको भनाई छ।

जिल्ला प्रहरी कायर्लय बैतडीका अनुसार चालु आर्थिक वर्षमा अहिलेसम्म सवारी दुर्घटनामा परेर जिल्लामा १५ जनाको ज्यान गइसकेको छ। 

कमेन्ट लोड गर्नुस