डडेल्धुरामा फेरी आगलागी, आगो लगाएको आशंकामा एक जना पक्राउ
डडेल्धुराको बागबजारमा गएराति फेरी आगलागी भएको छ। बागबजार स्थित बगरकोट जाने रोडमा रहेका टिनका टहराले बनाईएका छाप्रामा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
डडेल्धुराका प्रमुख, प्रहरी नायब उपरिक्षक डम्बर केसीले राति साढे १२ बजेतीर भएको आगलागीबाट ९/१० छाप्राहरु जलेको बताए। प्रहरी र स्थानीयले डेढ घण्टापछि आगो नियन्त्रणमा लिएका थिए।
क्षतीको विवरण आउन बाँकी छ। आगो लगाएको आशंकामा एक जनालाई राति नै नियन्त्रणमा लिइएको प्रहरी नायब उपरिक्षक केसीले जानकारी दिए। अन्दाजी १८ वर्षका ती व्यक्तिको नाम भने प्रहरीले सार्वजनीक गरेको छैन्।
यसअघि गत पुष १३ गते राति पनि बागबजारमै आगलागी भएको थियो। दुई सातामा बागबजार क्षेत्रमा चार पटक आगलागी भइसकेको प्रहरीले जनाएको छ।
फोटो ः बरुण पनेरुको फेसबुकबाट