सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी ट्राफिक चौराहमा निर्माण भएको स्वागत गेटले ट्रक रोकियो

२०७५ पुष २२, ०९:३५ कमल सावद

धनगढीको ट्राफिक चौराहमा निर्माण भएको स्वागत गेटका कारण ट्रक रोकिएको छ। धनगढीका व्यापारी सुमन पन्तको भारतबाट आएको फर्नीचरको सामान सहितको गाडी स्वागत गेटका कारण रोकिएको हो।  ट्राफिक चौराहमा खप्तड गोलड कपको स्वागत गेटबाट ट्रक नछिरेपछि पन्तले रिक्सामा सामान ढुवानी गरीरहेका छन्। उनले २० हजारमा रिक्साहरुलाई पसलसम्म फर्नीचरका सामान ढुवानीका लागि भाडामा दिएका छन्।  


प्रहरी र ट्राफिक प्रहरीसंग सम्वनय गर्दा पनि मुख्य सडकमा निर्माण भएको गेट केही समयका लागि पनि हटाउन नसकिएको पन्त बताउछन्। उनले भने, यो गेटको बिषयमा ध्यान भएन। साझ ५ बजेमात्र सामान भन्सार पास भयो।

यता आएपछि मात्र गेट सानो भएको थाहा भयो। आयोजकसंग पनि सम्वनय गर्ने प्रयास गरेको थिए। उनिहरु १५ मिटरको हो गेट भन्छन तर ट्रक भित्र गएन, सामान यतै अनलोड हुदा व्यापारमा समेत घाटा हुदैछ। 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस