सुदूर नेपाललाई विश्वसँग जोड्दै

पीएम कप सुदूरपश्चिम छनोटः खेल तालिका सार्वजनिक

२०७८ पुष ९, ०५:१७ खबर संवाददाता

विनोदसिंह विष्ट, बैतडीः प्रधानमन्त्री कप सिनियर पु्रुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनौटको खेलतालिका सार्वजनिक गरिएको छ। शुक्रबार सार्वजनिक खेल तालिकाअनुसार छनोट प्रतियोगिता पुस १४ गतेदेखि कञ्चनपुरको महेन्द्रनगरमा सुरु हुने भएको हो। सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टका अनुसार सहभागी हुने ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ए मा अछाम,डडेल्धुरा,कञ्चनपुर र दार्चुला रहेका छन्। यस्तै समूह बी मा बैतडी,कैलाली,बझाङ र डोटी रहेका छन्।   

प्रतियोगिता अन्र्तगत पुस १४ गते पहिलो खेलमा कञ्चनपुर र डडेल्धुरा भिड्दा दोस्रो खेलमा अछाम र दार्चुलाबीच भिडन्त हुनेछ।  पुस १५ गते अछाम र डडेल्धुरा प्रतिस्प्रर्धा गर्दा अर्को खेलमा कञ्चनपुर र दार्चुला भिड्नेछन्। पुस १६ गते पहिलो खेलमा दार्चुला  र डडेल्धुरा आमनेसामने हुँदा दोस्रोमा कञ्चनपुर र अछामबीच खेल हुनेछ। पुस १७ गते बैतडी र डोटी भिड्दा अर्को खेलमा कैलाली र बझाङ प्रतिस्प्रर्धा गर्ने  सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले जनाएको छ।  
यसका साथै पुस १८ गते पहिलो खेलमा कैलाली र  डोटी भिड्दा दोस्रोमा बैतडी र  बझाङ आमनेसामने हुनेछन्। पुस १९ गते कैलाली र बैतडीबीच भिडन्त हुँदा दोस्रोमा बझाङ र डोटी मैदान उत्रनेछन्।  

सहभागीमध्ये शिर्ष दुईमा पुग्ने टोलीबीच पुस २० गते फाइनल भिडन्त हुने जनाइएको  छ। प्रदेशस्तरिय छनौट प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको टोली बनाइनेछ। उक्त टोलीले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछ। नेपाल क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता  पुस २५ गतेदेखि काठमाडौंमा हुदैंछ।

कमेन्ट लोड गर्नुस