फुलबारीको शिवशंकर आधारभूत विद्यालयमा ४ वर्षसम्म शिक्षक पदपुर्ति भएन्
अपाङ्गको कोटामा सपाङ्गलाई राख्ने चलखेल
कैलालीको फुलबारीमा रहेको शिवशंकर आधारभूत विद्यालयमा शिक्षकका लागि ४ वर्ष अगाडी आवेदन खोलिए पनि पदपुर्ति हुन सकेको छैन्। शिक्षक छनौटमा विवाद हुने देखिएपछि ४ बर्षसम्म विद्यालयले शिक्षक राख्न नसकेको हो। धनगढी उप–महानगरपालिकाको फुलवारीमा रहेको शिवशंकर आधारभूत विद्यालयमा करारमा कार्यरत फुलबारीकै स्थानीय सपना विकले राजीनामा दिएपछि शिक्षकका लागि आवेदन खुल्ला गरिएको थियो। सुरुमा महिला राहत कोटा भएपनि साविकको जिल्ला शिक्ष कार्यालयले परिमार्जन गर्दै महिला कोटालाई अपाङग कोटा बनाई विज्ञापन गरेको थियो। तर ४ वर्ष वित्दा पनि शिक्षकका लागि आवेदन दिएकाहरुले परीक्षा समेत दिन पाएका छैनन्। अपाङगको कोटामा सपाङगलाई राख्नको लागि आर्थिक चलखेल हुन थालेपछि शिक्षकका लागि परिक्षा पनि सञ्चालन हुन नसकेको आरोप लागेको छ।
विज्ञापन खोलिएपछि ५ जनाको आवेदन परेकोमा ४ वर्ष सम्म पनि शिक्षकको पदपुर्ती गर्नको लागि परिक्षा समेत हुन सकेको छैन्। अपाङग कोटामा सपाङलाई भर्ना गर्नको लागि ठूलो आर्थीक चलखेल भएकाले हाल सम्म पनि परिक्षा हुन नसकेको आवेदन दिएका नन्दराज भट्टले बताए। पहिले महिलाको लागि राहात कोटो भएपनि राहातमा कार्यारत फुलवारीकै स्थानिय सपना विकले राजिनामा दिएपछि साविकको जिल्ला शिक्षा कार्यालयले राहात कोटालाई अपाङग कोटा बनाएको थियो। ४ वर्षदेखि शिक्षकको पदपुर्ति हुन नसक्दा पठनपाठनमा समेत समस्या भईरहेको छ। ४ वर्षदेखि शिक्षकको तलव मार्फत आउने रकम समेत कुन ठाउँमा प्रयोग भईरहेको छ भन्ने विषयमा पनि विद्यालय प्रशासन अनविज्ञ छ। शिवशंकर आधारभूत विद्यालय फुलवारीका प्रध्यानाध्यापक लक्ष्मीराज ओझाले विभिन्न कारण देखाउदै परिक्षा हुन नसकेको बताए।
४ वर्षदेखि शिक्षकको दरवन्दी खाली हुँदा पनि शिक्षकको पदपुर्तिका लागि कुनै पनि सरोकारवाला निकायले कुनै पनि चासो देखाएका छैनन। २०७२ सालमा आवेदन दिएकाहरुले स्थानिय सरकार आएपछि परीक्षा दिन पाउँछु की भन्ने आशा गरेका थिए। तर स्थानीय सरकारको पक्षबाट पनि कुनै पहल भएको छैन। अहिलेको शिक्षा समन्वय एकाई, उप–महानगरपालिका लगायत अन्य सरोकारवाला निकायलाई यस विषयमा कुनै पनि चिन्ता छैन्। विज्ञापन खोलेको ४ वर्षसम्म परिक्षा नहुनुमा विद्यालय प्रशासन, स्रोत केन्द्र, साविकको जिल्ला शिक्षा र अहिलेको शिक्षा समन्वय एकाई तथा स्थानिय सरकारको कमजोरी भएको आरोप लागेको छ।