सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा घाईते भएको एक बर्षपछि प्राचार्य बोहोराको मृत्यु, घटनाको रहस्य खुल्नै बाँकी

२०७५ पुष २२, ११:५५ रोशन भट्ट

कैलालीको चुरे गाउँपालिकाको किम्तोलामा रहेको शिवसुर्य माविका प्राचार्य अर्जुनबहादुर वोहराको मृत्यु भएको छ। एक वर्ष अघि आक्रमणमा परि घाईते भएका बोहोराको धनगढी उपमहानगरपालिकाको मनहेरामा आफ्नै घरमा मृत्यु भएको हो । एक वर्ष अघि घाईते अवस्थामा भेटिएका बोहोराको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । एक बर्ष अघि  गत पुस २७ गते घाईते अवस्थामा फेला परेका वोहोरामाथि भएको घटनाको रहस्य अझै खुल्न सकेको छैन् । घटनामा संग्लन कोही पनि पक्राउ परेका छैनन् । 
घटनामा परेर गम्भीर घाईते भएका बोहरा लामो समय सम्म अस्पतालमा बसेका थिए। कुटपिटपछि वोहोरा पुर्ण रुपमा हिडडुल गर्न नसक्ने भएका थिए । पाँच महिना भारतमा समेत उपचार गराएका वोहोरा लामो समयसम्म कैलालीमा रहेको सेती अञ्चल अस्पतामा समेत उपचारका लागि वसेको भएपनि उनको मानसिक अवस्था पनि कमजोर भईसकेको थियो। घाईतेको ज्यान गईसक्दा पनि घटनाको रहस्य खोल्न र घटनामा संग्लनलाई समात्न भने प्रहरी अझै असफल भएको छ। बोहोराको उपचारका लागि परिवारलाई आर्थिक स्रोत जुटाउन पनि समस्या भएको थियो। आफूसंग भएको जग्गा जमिन समेत विक्री गरेर उपचार गराईएको थियो।   
 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस